सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त

डिसी नेपाल
३० चैत २०७८ १५:०६
52
Shares

काठमाडौँ । सेञ्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज न्यौपानेले नियुक्त भएका छन् । चैत ३० गते बसेको सञ्चालक समितिको बैठकले बैशाख २ गतेदेखि लागु हुने गरि न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गत असारमा राजीनामा दिएपछि बैंकको सीईओ पद खाली रहेको थियो । गौतम बाहिरिएपछि न्यौपानेलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो ।

उनीसँग १९ वर्ष लामो बैंकिङ्क क्षेत्रमा काम गरेको अनुभव छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.