वर्षको अन्तिम दिन सेयर बजारमा हरियाली, ३०.२४ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
३० चैत २०७८ १५:२०
104
Shares

काठमाडौं । वर्षको अन्तिम दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ३०.२४ अङ्कले बढेर २ हजार ४१५.२४ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

कारोबारका आधारमा शिभम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यस कम्पनीको ८ करोड ४३ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य ९ सय ९० रुपैयाँ कायम भएको छ । त्यसपछि क्रमश : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसूचक बढेका छन्। आज नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने युनाइटेड इदीमादी आरडी हाइद्रोपावर र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.