घोषणापत्र परिमार्जनसहित पारित गर्ने कांग्रेसको निर्णय

डिसी नेपाल
३० चैत २०७८ २१:२२
20
Shares

 

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि घोषणापत्रको मस्यौदा परिमार्जनसहित पारित गर्ने निर्णय गरेको छ ।

बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्यहरुको सुझावलाई समेत समावेश गरेर घोषणापत्र मस्यौदालाई पारित गर्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्री गगनकुमार थापाले बैठकमा पेस गरेको मस्यौदामा केन्द्रीय सदस्यहरुको समेत सुझावलाई ध्यानमा राखेर पारित गर्ने निर्णय गरिएको महतको भनाइ छ ।

बैठकले बन्दसूचीमा नाम रहेकाहरुलाई हटाउनका लागि निर्वाचन आयोगलाई पत्राचार गर्न पार्टी केन्द्रीय कार्यसमितिलाई अनुमति पनि दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.