आईपीएलः राजस्थान र गुजरातबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल मुम्बईमा राति ७ः४५ बजे सुरु हुनेछ।
राजस्थान आज चौंथो जितको खोजीमा रहेको छ । राजस्थानले यसअघि खेलेको ४ खेलमा तीनमा जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । र आज पनि गुजरातलाई हराएर राजस्थान शीर्ष स्थान यथावत राख्न चाहन्छ ।
र पाँचौ स्थानमा रहेको गुजरात पनि चौंथो जित निकाल्ने योजनामा रहेको छ । गुजरातलेले पनि यसअघि खेलेको ४ खेलमा तीनमा जित निकाल्दै ६ अंक जोडेको छ ।त्यसैले आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment