मलेसिया प्रो क्लब च्याम्पियनसिपको फाइनलमा

डिसी नेपाल
१ वैशाख २०७९ १३:५४
72
Shares

काठमाडौं। उत्तर प्रदेश-११ लाई १४ रनले हराउँदै मलेसिया-११ नेपाल प्रो क्लव च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बिहिवार भएको पहिलो सेमिफाइनल वर्षाका कारण प्रभावित हुँदा ५ ओभरमा झारिएको थियो।

भैरहवाको सिदार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसिया-११ ले तीन विकेट गुमाउँदै ४४ रन बनाएको थियो। ओपनर बिरन्दिप सिंहले अविजित २० रन बनाए भने अर्का ओपनर सेइल अजिजले २३ रन बनाए।

बलिङमा उत्तर प्रदेश -११ का राज यादवले तीनै विकेट लिए। जवाफमा उत्तर प्रदेश-११ ले पाँच ओभरमा चार विकेट गुमाउँदा ३० रनमा रोकियो। उसका शुभंम चौधरीले सर्वाधिक ११ तथा राज यादवले ६ रन बनाए। बलिङमा मलेसिया-११ का बिरन्दिप सिंहले दुई विकेट लिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *