आइपीएल: गुजरात शीर्षस्थानमा उक्लियो

डिसी नेपाल
२ वैशाख २०७९ ७:१९
112
Shares

काठमाडौं। राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहिवार मुम्बईमा १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनाउन सक्यो।

राजस्थानका जोश बट्लरले सर्वाधिक ५४ रन बनाए। यस्तै शिम्रन हिटमायरले २९ रनको योगदान गरे। गुजरातका लकी फर्गुसन र यश डायलले समान तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १९२ रनको योगफल तयार पारेकाे थियाे।

गुजरातका कप्तान हार्दिक पाण्डयले सर्वाधिक अविजित र ८७ रन बनाए। यस्तै अभिनव मनोहरले ४३ रनको योगदान गरे।

जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ। राजस्थानले ५ खेलमा ६ अंक जोडेर तेस्रो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *