हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ पैयाँ ७२ पैसा र बिक्री दर १६० रुपैयाँ ५१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्री दर १३० रुपैयाँ ७२ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ५८ पैसा र बिक्री दर ९१ रुपैयाँ ०३ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ४१ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०८ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४३ पैसा र बिक्री दर ३२ रुपैयाँ ५९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९२ पैसा र बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment