विन्ध्यवासिनी हाइड्रोपावरको १० लाख कित्ता आइपिओ वैशाख ११ गतेदेखि आउँदै

डिसी नेपाल
२ वैशाख २०७९ ९:१३
116
Shares

काठमाडौं। विन्ध्यवासिनी हाइड्रोपावरको १० लाख कित्ता आइपिओ वैशाख ११ गतेदेखि आउने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १० करोड रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो।

कम्पनीले जारी अर्ने आइपिओमा ७ लाख कित्ता सेयर कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. ८ र ९ का स्थानीयलाई छुट्याइएको छ । बाँकी ३ लाख कित्ता सेयर भने आयोजनाको मुख्य संरचना जोडिएको क्वहोलासोथार गाउँपालिको वडा नं ८ र ९ का बासिन्दालाई छुट्याएको कम्पनीले जनाएको छ।

यस आइपिओमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्ने भएको छ।  लगानीकर्ताले यस आइपिओमा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले यस आइपिओमा छिटोमा वैशाख २५ गतेसम्म र ढीलोमा जेठ ९ गतेसम्म आवेदन दिन पाउने छन्। इक्रा नेपालले यस आईपीओलाई ‘इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ।

यस आइपिओमा स्थानीय बासिन्दाले सानिमा बैंकको विरौटा तथा पोखरा शाखा, सिभिल बैंकको मालिङ्ग शाखा, कामना सेवा विकास बैंकको कास्की तथा बेसिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेसिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.