माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

डिसी नेपाल
२ वैशाख २०७९ १०:२४
32
Shares

काठमाडौँ। माछापुच्छ्रे र्बैंकले नयाँ वर्ष २०७९ को अवसर परि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ। बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको र्बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि सञ्चालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो।

ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जाल तथा टेलिफोन मार्फत सुविधा दिँदै आईरहेको छ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंकसंग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्यभुमिका खेल्नेछ। ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सकिनेछ। जसबाट ग्राहकहरुले बैंकसंग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमा झल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमा झल्याइसकेको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.