मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रेष्ठलाई

डिसी नेपाल
२ वैशाख २०७९ १२:२१
3.4k
Shares

काठमाडौं । मेगा बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी रविना देशराज श्रेष्ठलाई दिइएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको कार्यकाल बैशाख १ गतेदेखि समाप्त भएसँगै बैंकले नायब प्रमुख कार्यकारी श्रेष्ठलाई सो जिम्मेवारी सुम्पिएको हो । उनले बैशाख २ गतेदेखि बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.