नयाँ वर्षको अवसरमा इसेवा मनि ट्रान्सफरले ल्यायो रेमिटोत्सव योजना
काठमाडौँ। नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफरले नेपालीको नयाँ बर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” सार्बजनिक गरेको छ। यो योजना बैशाख १ गतेदेखि सुरु भइ साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ।
रेमिटोत्सवमा दैनिक १ जनाले ५,००० तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५०,००० को उपहार प्राप्त गर्ने छन्। यस योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागु हुनेछ। जस अन्तर्गत विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन्।
यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागु हुनेछ। त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दावी गर्न सकिनेछ । दैनिक विजेता हरेक हप्ताको अन्त्यमा इसेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने इसेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटि मार्फत समेत सार्वजनिक गरिनेछ।
रेमिटोत्सव योजनाबारे इसेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, “इसेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसर पारि देश तथा विदेशमा रहेका नेपालीहरुबीच खुशी साटासाट गर्न रेमिटोत्सव लिएर आएको हो । यस योजना मार्फत, हामीले घट्दो क्रममा रहेको वैदेशिक मुद्राको भरपाई गर्न बैधानिक रुपमा रेमिट्यान्स भित्राउँदै, समग्र रेमिट्यान्स क्षेत्रमा टेवा पुर्याउने र यस माध्यमबाट देशको आर्थिक अवस्थालाई समेत सुधार उन्मुख बनाउन मद्दत पुर्याउने लक्ष्य लिएका छौँ”।
इसेवा मनी ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरले आफ्ना सेवाग्राहीहरुलाई १८ हजार भन्दा बढी एजेण्ट/नेटवर्क मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।







डिसी नेपाल








Facebook Comment