सुनिता डंगोलले सार्वजनिक गरिन् काठमाडौं विकासका आठ खम्बे विकास मोडल (पूर्णपाठ)

डिसी नेपाल
२ वैशाख २०७९ १६:३८
156
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने बताएकी सुनिता डंगोलले विकासका आठ खम्बे मोडल सार्वजनिक गरेकी छन् । उनले शुक्रबार काठमाडौं विकासका लागि आठ खम्बे विकास मोडल सार्वजनिक गरेकी हुन् ।

३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि उनले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवारी दिन लागेकी छन् । स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रूपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, युवा, खेलकुद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एन्ड डेभलपमेन्टलाई उनले आठ खम्बे विकास मोडलको रूपमा अघि सारेकी छन् ।

जसअनुसार उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूलाई अघि सारेकी हुन् । जुन योजनाअनुसार काम गर्दा काठमाडौंलाई साँच्चिकै सुन्दर, जीवन्त, सांस्कृतिक र व्यवस्थित महानगर बनाउन सकिने उनको दाबी छ ।

पूर्व मिस नेवाः समेत रहेकी डंगोलले प्रत्येक महानगरवासीका लागि अनिवार्य स्वास्थ्य विमाको प्रबन्ध मिलाउनेदेखि लिएर युवाहरूको ब्रेनड्रेन रोक्ने योजनासमेत अघि सारेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.