के हो फिस्टुला ? यस्ता छन् बच्ने उपायहरु

डिसी नेपाल
३ वैशाख २०७९ १३:३२
420
Shares

काठमाडौं । फिस्टुला शरीरको कुनै पनि भित्री अङ्गमा पर्ने अनावश्यक प्वाल हो। महिलाहरूमा हुने अब्स्टे्रटिक फिस्टुला बच्चा पाउँदाको जटिलता वा यौन हिंसाका कारण हुने गर्दछ। लामो प्रसव व्यथामा महिलाहरूको योनी र पिसाब थैली वा मलाशयका कोशिकाहरू बच्चाको दबाबले थिचिएर रक्तसञ्चार अवरुद्ध भई मर्छन्, तिनमा प्वाल पर्छ र त्यसबाट पिसाब वा दिसा अनियन्त्रित रूपमा बाहिर निस्कन्छ।

बच्चा जन्मने बेलामा लामो समय व्यथा लाग्दा वा तोकिएको मितिभन्दा ढिलो बच्चा जन्मियो वा अप्रेसन गरेर निकाल्दा आमाको पिसाब नलीमा प्वाल पर्‍यो भने यस्तो समस्या आउँने चिकित्सकहरु बताउँछन् ।

समयमा उपचार भएन भने फिस्टुलाबाट जटिल सङ्क्रमण, अल्सर, मिर्गौला रोग, खुट्टाको स्नायु प्रणालीमा अवरोध जस्ता थप समस्या उत्पन्न हुनसक्छन्। फिस्टुला पीडित महिलाहरूको जीवन नारकीय र कष्टकर त छ नै आफन्त र समाजका दृष्टिमा पनि छिःछि दूरदूरका पात्र हुन्छन्।

यो गुप्तांगमा हुने रोग हुनाले प्रायः जचाउँन वा परामर्श लिन लाज मानी लुकाएर राख्नाले विस्तारै बढ्दै जान्छ । कहिले सन्चो भएजस्तो हुन्छ र कहिले दुख्ने र पिप आउने हुन्छ । यो भिन्न–भिन्न प्रकार वा प्रकृतिको हुन्छ ।

के कारण हुन्छ फिस्टुला :
–फिस्टुला हुनुको मुख्य कारण लामो समय व्यथा लाग्नु र योनीमार्गमा बच्चाको टाउको धेरै बेरसम्म रहनु हो ।
– बच्चा जन्माउने व्यथा लागेपछि तालिमप्राप्त स्वास्थ्यकर्मीले बच्चा नजन्माएमा ।
– न्यून आर्थिक स्थिति र कामको बोझका कारण ।
– बालविवाह, बलात्कारलगायत अन्य प्रकारका लैङ्गिक विभेदमा परेका महिलाले आवश्यक स्वास्थ्य उपचार र परामर्श सेवाको अभावमा ।

फिस्टुला हुँदा कस्ता लक्षणहरु देखा पर्छन् ? :
–दिसा–घरवरिपरिको भागमा पटक–पटक पिलो वा पिलोजस्तै साधारण प्रकारको घाउ हुने ।
–पिपजस्तो तरल पदार्थ आउने ।
–बारम्बार दिसा कब्जियत हुने, दिसा गर्न गाह्रो हुने ।
–दिसा गर्दा दुख्ने, पोल्ने, रगत आउने ।
– योनीबाट निरन्तर पिसाब, दिसा चुहिनु
– योनीमार्गको भागमा रक्तसञ्चार बन्द हुनु
– रक्तसञ्चार बन्द भएको भागको कमलो मासु मरेपछि त्यहाँ प्वाल पर्छ

फिस्टुलको रोकथामका लागि सानै उमेरमा विवाह नगर्ने, सानो उमेरमा बच्चा नजन्माउने साथै बालिकालाई खानामा विभेद गर्नु हुँदैन । यस्तै किशोरावस्थामा विकासका लागि आवश्यक पर्ने सन्तुलित आहारमा विशेष ध्यान दिनु पर्दछ । गर्भवती महिलालाई पर्याप्त मात्रमा सन्तुलित खाना खुवाउने, गर्भवती जाँच नियमित रुपमा कम्तीमा ४ पटक गर्ने गर्नु पर्दछ ।

गर्भवतीको श्रीमान् तथा परिवारका सदस्यले गर्भावस्था र प्रसवको समयमा आवश्यक पर्ने सम्पूर्ण व्यवस्थाको पूर्वतयारी गर्नुका साथै सुत्केरी व्यथा लाग्नसाथ स्वास्थ्य संस्थामा लगेर तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा बच्चा जन्माउन लगाउँनु पर्दछ ।

यसका साथै फिस्टुला भएको छ प्रसस्त मात्रमा फाइबर भएको खाने कुराहरु मात्र खानुपर्दछ । यदि तपाईंलाई कब्जियत छ, कडा दिशा आउँछ भने तपाईंलाई फिस्टुला हुने सम्भावना अत्यधिक हुन्छ । खासगरी फलफूल तथा सब्जिहरुको सेवनले तपाईं कब्जियतबाट बच्न सक्नु हुनेछ । साथै प्रसस्तमात्रामा पानी पिउनु पर्छ, जसबाट पेटमा सूजन अथवा ग्याष्ट्रिक नहोस् ।

तरल पदार्थको अत्यधिक सेवनले कब्जियतबाट बच्न सकिन्छ । गर्मीको मौसममा तथा अत्यधिक शारीरिक गतिविधिहरु गरेपछि अत्यधिक तरल पदार्थ पिउनु पर्छ । अधिक मात्रामा मदीरा तथा कफि पिउनाले शरीरमा पानी कम हुन सक्छ ।

हरेक दिन कमसे कम तीस मिनेटसम्म व्यायाम गर्ने प्रयास गर्नु पर्छ। जसले तपाईंको पाचन प्रणाली राम्रो हुनेछ र तपाईं फिट रहनु हुनेछ । फिस्टुला भएको मानिसले दिशालाई लामो समयसम्म रोक्नु हुँदैन । जब तपाईंलाई दिशा गर्न मन लाग्छ, त्यहि बेला नै दिशा गर्नु पर्छ । यदि त्यही बेला दिशा गर्नु भएन भने भविष्यमा त्यस्तो मन लाग्ने सम्भावना घट्न सक्छ । तपाईंले दिशालाई जति लामो समयसम्म रोक्नु हुनेछ, त्यो त्यत्ति नै सुख्खा तथा कडा हुने सम्भावना हुन्छ । जसबाट दिशा गर्न गाह्रो समेत हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.