सुरेश रैना यही सिजन चेन्नइ सुपरकिंग्सबाटै आइपिएल खेल्ने !

डिसी नेपाल
३ वैशाख २०७९ १४:५४
1.7k
Shares

काठमाडौं । क्रिकेटर सुरेश रैना चेन्नई सुपर किंग्समा फर्किने सम्भावना देखिएको छ । आईपीएलको १५ औं सिजनबाट दीपक चहर बाहिरिएपछि उनको स्थानमा चेन्नइले रैनालाई अनुबन्ध गर्न तयारी गरिरहेको छ । श्रोतका अनुसार रैनासँग वार्ता भैरहेको भएपनि निर्णय भने भइसकेको छैन ।

आईपीएलको अक्सनमा रैनाले कुनै खरिदकर्ता पाएका थिएनन् । रैना गत सिजनसम्म चेन्नई सुपर किंग्सको हिस्सा थिए । यो सिजन भने उनलाई चेन्नईले राखेन । लिलामीमा पनि कुनै पनि फ्रान्चाइजीले उनलाई अनुबन्छ गर्न चासो देखाएनन् । उनको बेस मूल्य २ करोड थियो ।

चेन्नई सुपर किंग्सका स्रोतका अनुसार टिमले आईपीएल कमेन्ट्री गरिरहेका सुरेश रैनालाई पुन: अनुबन्ध गर्न सक्नेछ । वास्तवमा अम्बाती रायुडुको प्रदर्शन यो सिजन राम्रो रहेन । रायुडुले अहिलेसम्म खेलेका ५ खेलमा २०.५० को औसतमा ८२ रन बनाएका छन् । चेन्नईले अहिलेसम्म ५ खेलमध्ये १ खेल मात्र जितेको छ ।

दीपक चहर चोटका कारण सुरुका खेल खेल्न सकेनन् । उनी आइपिएलको बीचमा फर्किन सक्ने विश्वास गरिएको थियो । राष्ट्रिय क्रिकेट एकेडेमीमा अभ्यासका क्रममा उनलाई फेरि चोट लागेको थियो । यस्तो अवस्थामा उनी आईपीएलको पुरा सिजन बाहिर भएका छन् । दीपक चाहरलाई आईपीएल मेगा अक्सनमा चेन्नई सुपर किंग्सले १४ करोडमा किनेको थियो ।

रैना आईपीएल इतिहासमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन्। उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा चौथो स्थानमा छन् । रैनाले २०५ खेलमा ३२.५१ को औसत र १३६.७६ को स्ट्राइक रेटमा ५५२८ रन बनाएका छन् । उनले आईपीएलमा एक शतक र ३९ अर्धशतक बनाएका छन् । यस अवधिमा उनले ५०६ चौका र २०३ छक्का प्रहार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *