मुम्बईको खराब प्रदर्शन निरन्तर, छैटौं हार

डिसी नेपाल
३ वैशाख २०७९ २०:५८
52
Shares

 

काठमाडौं । भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग ९आइपीएल० २०२२ मा लगातार छैटौं हार बेहोरेको छ ।

शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।

२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन बनाउन सक्यो ।

मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।

लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा १०३ रन बनाए । यस्तै मनिष पाण्डेले ३८ रन बनाए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *