लगातार छैटौं खेल हारेपछि रोहित शर्माले के भने ?

डिसी नेपाल
४ वैशाख २०७९ १३:५८
304
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सबैभन्दा सफल टोली यतिबेला संघर्षरत छ । शनिबार भएको खेलमा मुम्बई इन्डियन्स लखनउ सुपर जाइन्ट्ससँग पराजित भएको हो । आईपीएल २०२२ मा मुम्बईको यो लगातार छैटौं हार हो, अर्थात् टोलीले अहिलेसम्म एउटा पनि खेल जित्न सकेको छैन।

खेल सकिएपछि मुम्बई इन्डियन्सका कप्तान रोहित शर्मा निराश देखिए र हारको जिम्मेवारी आफैंले लिए । रोहितले भने कि यदि मलाई के गल्ती भइरहेको छ भन्ने थाहा भएको भए म यसलाई ठीक गर्ने थिएँ तर अहिले त्यस्तो भइरहेको छैन।

मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले भने ‘तर म पूर्ण जिम्मेवारी लिन्छु, म आफ्नो अनुभवको पूरा सदुपयोग गर्नेछु र हामी एक टोलीको रूपमा पुन: फर्कने प्रयास गर्नेछौं।’ रोहित शर्माले कप्तानको रुपमा जित हासिल गर्न सकेका छैनन् र ब्याटिङमा पनि असफल भइरहेका छन् ।

लखनउ सुपर जाइन्ट्स विरुद्धको खेलपछि रोहित शर्माले साझेदारी नटिक्नु हानिकारक सावित भएको बताए । उनले भने ‘हाम्रो टोलीले राम्रो बलिङ गर्‍यो, तर केएल राहुलको शानदार ब्याटिङका ​​अगाडि असफल साबित भयो।’ रोहित शर्माले एक खेलाडीले केही गरेर मात्र खेल नजितिने भएकोले अन्य खेलाडीले पनि प्रदर्शनमा सुधार गर्नुपर्ने बताए । ‘तर हामीले विपक्षी टोलीको पनि प्रशंसा गर्नुपर्छ, केएल राहुलको इनिङ्स उत्कृष्ट थियो’ उनले भने ।

मुम्बई इन्डियन्सले सिजनको पहिलो ६ खेलमा लगातार हार बेहोरेको यो पहिलो पटक हो। मुम्बई भन्दा पहिले, दिल्ली डेयरडेभिल्स (२०१३) र रोयल च्यालेन्जर्स बैंगलोर (२०१९) ले पनि लगातार ६ खेल हारेका छन् । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यो सिजन लगातार ६ खेलमा हार बेहोरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *