केजीएफको हिन्दी संस्करणले मात्र ३ दिनमा १४० करोड कमायो, सबैको कमाइ कति पुग्यो ?

डिसी नेपाल
४ वैशाख २०७९ १५:१९
4.3k
Shares

काठमाडौं । दक्षिण भारतीय फिल्म केजीएफले रिलिज भएदेखि नै कमाइका सबै रेकर्ड तोडिरहेको छ । यो फिल्मको हिन्दी संस्करणले मात्रे पनि यति धेरै कमाई गरेको छ कि पत्याउनै कठिन छ । त्यसमाथि यो फिल्म मूल रूपमा हिन्दी समेत होइन । मूल रुपमा कन्नड भाषाको यो फिल्म हिन्दी, तमिल, तेलुगु र मलायलम भाषामा समेत रिलिज भएको छ । ट्रेड एनालिस्त मनोबाला विजयबालनले यो फिल्नको कमाइको तथ्यांक जारी गरेका छन् ।

मनोबाला विजयबालनले जारी गरेको तथ्यांकअनुसार फिल्मले रिलिजको ३ दिनमा करिब १४० करोड कमाएको छ । यो कमाइ हिन्दी संस्करणको मात्र हो । फिल्मले रिलिजको चार दिनमा अर्थात् साताको अन्त्यसम्ममा हिन्दी संस्करणबाट १८० करोड कमाउने अनुमान गरिएको छ । उनका अनुसार फिल्मले सबै संस्करणमा गरेर ३ दिनमा ४०० करोडभन्दा धेरै कमाईसकेको छ ।

यसबाहेक फिल्मले अमेरिकामा पनि राम्रो व्यापार गरिरहेको छ । रमेश बालाको ट्वीटका अनुसार फिल्मले अमेरिकामा ३ मिलियन डलर कमाएको छ । र, यो सुरुवात मात्र हो। फिल्मले आगामी साता कति कमाई गर्छ र कुन रेकर्ड तोड्छ त्यो भने हेर्नैपर्ने छ । फिल्मको कमाई साउथमा पनि राम्रो भइरहेको छ । अर्कोतर्फ एसएस राजामौलीको आरआरआरले पनि केही समयअघि विश्वभर १००० करोडको आँकडा पार गरिसकेको छ। अब केजीएफले पनि यो उपलब्धि गर्न सक्छ कि गर्दैन त्यो हेर्न रोचक हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.