यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्री दर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०६ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ पैयाँ ८० पैसा र बिक्री दर १५९ रुपैयाँ ५८ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ९८ पैसा रहेको छ भने बिक्री दर १२९ रुपैयाँ ६२ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ९५ पैसा र बिक्री दर ९० रुपैयाँ ४० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८८ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ६२ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ ०८ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४२ पैसा र बिक्री दर ३२ रुपैयाँ ५८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७१ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८५ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८९ पैसा र बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment