तीन कम्पनीको ५८ लाख ३२ हजार ३ सय ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको ५८ लाख ३२ हजार ३ सय ५६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सेयर नेप्सेमा सूचिकृत भएको हो ।
मनकामना स्मार्ट लघुवित्तको २ लाख ५ हजार ९ सय ५५ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
छिमेक लघुवित्तको ४९ लाख ४१ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ६ लाख ८५ हजार ४ सय १ कित्ता बोनस सेयर सूचिकृत भएको हो। कम्पनीको आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट ७.७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो।
सेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ता यी सेयर खरिद बिक्रि गर्न सक्ने छन् ।







डिसी नेपाल








Facebook Comment