बिकिनीमा दिशा पाटनीको किलर पोज

डिसी नेपाल
५ वैशाख २०७९ ११:५१
868
Shares

काठमाडौं । बलिउडकी सबैभन्दा सिजलिंग डिवा दिशा पाटनीको बोल्ड स्टाइलको जति तारिफ गरे पनि कम हुन्छ । दिशाले प्रायः आफ्ना उत्कृष्ट तस्विरहरु शेयर गरेर फ्यानहरुको मन जित्ने गर्छिन् । अब फेरी एक पटक दिशाले आफ्नो बिकिनी फोटोहरु मार्फत फ्यानहरुको धड्कन तिब्र बनाएकी छिन् ।

दिशा पाटनी आफ्नो पछिल्लो पोस्टमा बिकिनी लुकमा देखिएकी छिन् । बिकिनीमा दिशाको लुक र पोज निकै आकर्षक छ । अभिनेत्रीको स्टाइल देखेर फ्यानहरु छक्क परेका छन् । तस्बिरमा दिशा आफ्नो कपाल समातेर सूर्यको किरणको आनन्द लिइरहेको देख्न सकिन्छ। बिना मेकअप लुकमा दिशाको स्टाइल र पोज निकै किलर छ ।

दिशाले प्रायः बिकिनीमा आफ्ना उत्कृष्ट तस्विरहरू फ्यानहरूसँग सेयर गर्छिन्। तर यो नयाँ तस्विरमा दिशाको लुक यति बोल्ड छ कि उनी आफ्नो स्टाइलले तहल्का मच्चाइरहेकी छिन् । अभिनेत्रीको तस्विरलाई लाखौंले लाइक गरेका छन् । फ्यानहरूले कमेन्ट सेक्शनमा हार्ट र फायर इमोजीसहित आफ्ना प्रतिक्रियाहरू दिइरहेका छन्। दिशाको यो लुकले फ्यानलाई साँच्चै मोहित पारेको छ ।

दिशा फ्यानमाझ निकै लोकप्रिय छिन् । दिशाका इन्स्टाग्राममा ५ करोड १ लाख फलोअर्स छन् । अभिनेत्रीका सुपर सिजलिंग तस्बिरहरू इन्टरनेटमा देखा पर्ने बित्तिकै चर्चामा आउँछन् । वर्कफ्रन्टको कुरा गर्ने हो भने दिशा पाटनी पछिल्लो पटक फिल्म राधेमा देखिएकी थिइन् । अब उनका आगामी चलचित्रमा एक भिलेन रिटर्न्स, योद्धा र केटिना रहेका छन् । एक भिलेन रिटर्न्स र योद्धाको सुटिङ सकिएको छ । फ्यानहरु अहिले दिशाका यी चलचित्रहरुको प्रतिक्षामा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.