के कारण कलेजोमा बोसो जम्छ ? यस्ता छन् बच्ने उपायहरु
काठमाडौं । व्यस्त जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या आम समस्या जस्तै बनेको छ । कलेजोमा बोसो जम्ने अवस्थालाई फ्याटी लिभिर भनिन्छ ।पछिल्लो समय कलेजोमा बोसो जम्ने समस्या आम नेपालीमा देखिन थालेको छ।
कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि ५ प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ । सुरुमा यसले खासै असर नगरे पनिपछि यसले क्यान्सर समेत हुन सक्ने चिकित्सकहरु बताउँछन् ।
रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन नगरेमा कलेजोमा बोसो जम्ने समस्यालाई नियन्त्रण गर्न गाह्रो हुन्छ । खानामा हरियो सागसब्जी, फलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।
कलेजोमा बोसो जम्ने प्रमुख कारण भने मानिसहरुको अस्वस्थ खानपानका साथै रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ । वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ ।
साथैं भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ ।
कलेजोमा बोसो जम्दा छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्याहरु देखा पर्दछ । यसका साथै दाहिने कोखामुनि दुख्ने, छालामा रातो नसा देखिने र स्मरणशक्ति कम हुने गर्दछ ।
यस्तै शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने पनि गर्दछ ।
यस्ता छन् कलेजोमा बोसो जम्नबाट बच्ने उपायहरु
–रक्सी सेवन नगर्ने।
–ताजा र पोषिला खानेकुरा खाने।
–दिनहुँ व्यायाम गर्ने।
–मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने।
–मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने।
–हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने।
यो रोगबाट बाँच्न सकारात्मक जीवनशैली, दैनिक व्यायाम, स्वस्थकर खानपान र मुख्य रूपमा आफ्नो सही तौल कायम राख्नु आवश्यक छ । यो रोग विकसित नहोस् भन्नका लागि केही वर्षको अन्तरालमा अल्ट्रासाउन्ड परीक्षण एवं लिभर फङ्गसन टेस्ट गराउनु पर्ने चिकित्सकहरु बताउँछन् ।







डिसी नेपाल








Facebook Comment