कांग्रेस कास्की सभापति बराल भन्छन्- गठबन्धन टुटेको छैन, म बैठकमै छु

डिसी नेपाल
५ वैशाख २०७९ १६:२५
76
Shares

पोखरा । नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन्। तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन्। उनी अहिले पनि गठबन्धनकै बैठकमा छन्।

‘म बैठकमै छु। गठबन्धन टुटेको कुरा साँचो होइन,’ उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो मैले बुझ्न पाएको छैन। विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन।’

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ। एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताए। कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरबाट आएका विज्ञप्तिले खासै असर नगर्ने उनको भनाइ छ।

‘गठबन्धनको बैठक चलिरहेको छ। सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो? टुटेको छैन। यो कायम रहन्छ।’

एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ। तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ। दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.