अभिनेत्री काजल अग्रवाल आमा बनिन्

डिसी नेपाल
६ वैशाख २०७९ १७:०९
3.5k
Shares

काठमाडौं । दक्षिण भारतीय तथा बलिउड अभिनेत्री काजल अग्रवाल आमा बनेकी छिन् । नायिकाले छोरालाई जन्म दिएकी छन् । अब नायिका आफ्ना पति गौतम किचलुसँग मातृत्वको समय बिताउन तयार छिन् । दुवै जना छोराको आमाबुवा बनेका छन् । भारती सिंह र हर्ष लिम्बाचियापछि काजल र गौतमको घरमा सानो पाहुना आएका छन् ।

अग्रवालले सामाजिक सञ्जाल पोस्टमार्फत फ्यानहरूलाई आफ्नो गर्भावस्थाको जानकारी दिएकी थिइन् । काजलको गर्भावस्था निकै राम्रो भयो । आफूलाई फिट राख्दै नायिकाले योगमा ध्यान दिएकी थिइन् । सामाजिक सञ्जालमा काजल अग्रवालको छोराको जन्म भएको थाहा पाउने बित्तिकै फ्यानहरूले दुवै अभिभावकलाई बधाई दिन थालेका छन् । नायिकालाई मायाको वर्षा गर्न थालेका छन् ।

काजल अग्रवालको बेबी शावर समारोह फेब्रुअरी महिनामा भएको थियो। उनले यसको तस्विर इन्स्टाग्राममा पनि शेयर गरेकी थिइन् । बेबी शावरमा काजलले गुलाबी रंगको बनारसी साडी लगाएकी थिइन् । यससँगै उनले मिल्दो ब्लाउज र परम्परागत गहना लगाएकी थिइन् । यसै क्रममा गौतम कुर्ता–पायजामा र नेहरू ज्याकेटमा देखिए ।

यो जोडीको विवाहको कुरा गर्दा ३० अक्टोबर २०२० मा दुवैले एक निजी समारोहमा विवाह गरेका थिए । यो विवाहमा दुबैका परिवार र नजिकका मानिसहरुको सहभागिता रहेको थियो । गौतम र काजलको भेट साझा साथी मार्फत भएको हो । दुबैको मित्रता भयो र यो मित्रता प्रेममा परिणत भयो ।

कोरोना भाइरसका कारण भएको लकडाउनमा दुवैले सँगै जीवन बिताउन चाहेको महसुस गरे । विवाह गरेर दुवैले सधैं सँगै रहने वाचा गरेका थिए । काजल अग्रवाल केही समयदेखि इन्डस्ट्रीबाट टाढा छिन् । अब पूरा समय छोरालाई दिनेछिन्, केही समयपछि फर्कनेबारे सोच्ने छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.