एकीकृत समाजवादीलाई माओवादी बराबर नै सिट !

डिसी नेपाल
७ वैशाख २०७९ १९:०७
1.2k
Shares

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले लगभग बराबर सिट पाएका छन् ।

सत्ता गठबन्धको आजको बैठकले महानगर र उपमहानगरपालिकामा तालमेलबारे निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले महानगरमा समान एकरएक महानगर प्रमुख पाएका छन् ।

माओवादीले भरतपुरमा मेयर पाउँदा एकीकृत समाजवादीले पोखराको मेयरको उम्मेदवारी हात पारेको छ ।

त्यस्तै दुवै दलले महानगरमा उपप्रमुख एकरएक स्थानमा पाउने सहमति गठबन्धनमा भएको छ ।

काठमाडौंमा एकीकृत समाजवादीले उपप्रमुख पाउँदा ललितपुरमा माओवादी केन्द्रले उपप्रमुख पाएको छ ।

त्यस्तै उपमहानगरपालिकामा माओवादीले दुई स्थानमा मेयर हात पारेको छ । घोराही र जितपुर सिमरामा माओवादीले मेयर पाउदा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरको प्रमुख पाएको छ । उपमहानगरमा माओवादीले एक स्थान बढी पाएको छ ।

त्यस्तै उपमहानगरको उपप्रमुखमा माओवादीले दुई सीट हात पार्दा एकीकृत समाजवादीले तीन स्थान हात पारेको छ ।

माओवादीले धरान र घोराहीमा उपप्रमुख पाएको छ भने इटहरी, बुटवल र तुलसीपुरमा एकीकृत समाजवादीले उपप्रमुख हात पारेको छ ।

प्रतिनिधि सभामा माओवादी केन्द्रका ५३ सांसद रहँदा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादीमा) २२ जना सांसद रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.