कांग्रेस कमजोर छैन, कसैको बैसाखी चाँहिदैन: शेखर कोइराला

डिसी नेपाल
७ वैशाख २०७९ १९:२९
116
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस कमजोर नभएको दाबी गरेका छन्। कमजोर नभएका कारण कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको उनको भनाइ छ।

नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा नेता कोइरालाले जितका लागि कम्युनिस्ट साहरा नचाहिने तर्क गरे। कांग्रेस एक्लै गन्तव्यमा पुग्न सक्ने उनको भनाइ थियो।

‘नेपाली कांग्रेस कमजोर छैन। एक्लै लडे पनि हामी हाम्रो गन्तव्यमा पुग्नसक्छौं भन्ने आत्मविश्वास छ। कांग्रेसलाई कसैको बैशाखी चाहिएको छैन’, कोइरालाले भने।

उनले पार्टीको निर्णय बिरुद्ध गठबन्धन भएको बताए। केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको भन्दै उनले निर्वाचनपछि सबैकुराको लेखाजोखा गर्ने बताए।

तर अहिले कांग्रेसका उम्मेदवारलाई जिताउन लाग्नु पर्ने उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.