बझाङमा गठबन्धनमा सहमतिः माओवादीलाई भन्दा एकीकृत समाजवादीलाई धेरै

डिसी नेपाल
७ वैशाख २०७९ १९:४३
80
Shares

धनगढी । सत्तारुढ गठबन्धनले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा चुनावी तोलमेलका लागि स्थानीय तहमा भागबण्डाको टुङ्गो लगाएको छ।

सत्तारुढ दलमध्ये बझाङमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नकपा एकीकृत समाजवादी पार्टीबीच मात्रै भागबण्डा भएको हो।

१२ स्थानीय तह रहेको बझाङमा बुधबार तीन दलबीच भएको सहमति अनुसार दुई नगरपालिकासहित नेपाली कांग्रेसले ७, नेकपा माओवादी केन्द्रले २ र एकीकृत समाजवादी पार्टीले तीन स्थानीय तहको नेतृत्व पाउने छ।

नेपाली कांग्रेसले बझाङका दुई वटै नगरपालिका (जयपृथ्बी नगरपालिका र बुंगल नगरपालिका) सहित मष्टा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका र साइपालका गाउँपालिकाको नेतृत्व पाउने भएको छ।

यसैगरी नकपा माओवादी केन्द्रले छबिसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा नेतृत्व पाउने सहमति भएको हो। एकीकृत समाजवादी पार्टीले बझाङको तलकोट गाउँपालिका, केदारस्युँ गाउँपालिका र थलारा गाउँपालिकाको प्रमुख पदमा आफ्ना उम्मेदवार छनोट गर्ने सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.