मुगुमा गठबन्धन सहमति नजिक

डिसी नेपाल
७ वैशाख २०७९ १९:४९
80
Shares

मुगु । हिमाली जिल्ला मुगुमा गठबन्धन गरेरै स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएको छ। करिब एक हप्ता भन्दा बढी छलफलमै रहेको सत्ता गठबन्धनले गठबन्धनमा जाने निर्णय गरेका हुन्।

आज बसेको बैठकले केही निर्णय पारित गरे पनि प्राविधिक कारणले पूर्णता पाउन नसकेको र निर्णयहरु प्रदेशसँग परामर्श गरेर गठबन्धनको अन्तिम टुंगो लगाइने नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए।

‘गठबन्धन गर्ने विषयमा हामी अन्तिम चरणमा पुगि सकेका छौं , प्राविधिक कारणले गर्दा गठबन्धन हुन्छ कि हुँदैन भन्ने नेताहरु अकमकाई रहेका छन्’ सभापति शाहीले भने ‘करिब अन्तिम चरमा गठबन्धन गरेरै जाने र यसको भोलि सम्म टुंगो लाग्छ।’

स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त रहेका छन्।

गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपाध्यक्ष दाबी गरे पछि गठबन्धन हुन सकिरहेको छैन।

जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकाको प्रमुख आफूले पाउनु पर्ने कांग्रेसको दाबी छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.