अपर सोलु हाइड्रो इलेक्ट्रिकले पायो ३३ लाख ७ हजार ५०० कित्ता आइपिओ जारी गर्ने अनुमति
काठमाडौं। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ लाख ७ हजार ५०० कित्ता आइपिओ जारी गर्ने अनुमति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र सर्वसधारणका लागि आइपिओ जारी गर्न अनुमति प्रदान गरेको हो।
कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १३ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।
यस आइपिओमा निष्काशन तथा बिक्री प्रवन्धकको काम एनएमबी क्यापिटल गर्नेछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment