वीरगंज महानगर : जहाँ मेयर पदका ११ जना उम्मेद्वारले शून्य मत पाए
काठमाडौं। स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु निर्वाचनमा होमिएका छन्। सत्ता गठबन्धनबीच ६ महानगर र ११ उपमहानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भइसकेको छ।
उता प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्ट (लोसपा) बीच पनि वीरगंज महानगरपालिकामा गठबन्धन गर्ने सहमति भएको छ।
उता सत्ता गठबन्धनबीच भएको सहमति अनुसार वीरगंजको मेयर जसपाको भागमा परेको छ भने उपमेयर कांग्रेसले दिने सहमति भएको छ। एमालेबाट मेयरमा वर्तमान मेयर विजय सरावगी उम्मेद्वार बनेका छन् भने उपमेयरमा लोसपाबाट पुरुषोत्तमलाल झा उम्मेद्वार बन्ने भएका छन्।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वीरगंज महानगरपालिकामा सत्ता गठबन्धन र एमाले गठबन्धनबीच प्रतिश्पर्धा हुने छ।
यसअघिको निर्वाचनमा वीरगंज महानगरपालिकामा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेद्वार विजय सरावगीले १९ हजार ३ सय ९३ मत ल्याएर विजयी बनेका थिए।
उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार अजय द्विवेदीले १७ हजार १ सय ९७ मत पाएका थिए। तेस्रो नम्बरमा रहेका राजपाका उम्मेद्वार राजेशमान सिंहले १२ हजार १ सय ६५ मत पाएका थिए।
चौथो नम्बरमा रहेका फोरम लोकतान्त्रिका उम्मेद्वार विमल श्रीवास्तले ८ हजार ७ सय १ मत पाएका थिए। पाँचौ नम्बरमा रहेका एमाले उम्मेद्वार बसरुद्दिन अन्सारीले ८ हजार ६ सय ८८ र माओवादी केन्द्रका उम्मेद्वार रहवर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए।
वीरजंजमा गत स्थानीय तह निर्वाचनमा ३५ जनाले मेयरले उम्मेद्वारी दिएकोमा ११ जनाले शून्य मत पाए। वीरगंज महानगरपालिकाको मेयरमा कुल ३५ जनाले उम्मेद्वारी दिएका थिए। तीमध्ये ११ जनाले शून्य मत पाएका छन्।
शून्य मत पाउनेमा लालबाबु गुप्ता, राकेशकुमार साह, सन्दिप कुमार साह, महेशकुमार शर्मा, वसरुद्दिन मिया अन्सारी, मो. ज्याउल हक हवारी, छोटेलालप्रसाद कुर्मी, मुस्तफा पविरया मुस्लिम, जोबेर हसेन, जिया उल हक अन्सारी र विजयकुमार दास तत्वा रहेका छन्।
त्यस्तै १ मत ल्याउन उम्मेद्वारको संख्या ७ जना छ भने दुई जना उम्मेद्वारले मात्र दुई मत ल्याएका थिए।







डिसी नेपाल








Facebook Comment