सगरमाथा इन्स्योरेन्सको बुकक्लोज मिति तय
काठमाडौँ। सगरमाथा इन्स्योरेन्सको बुकक्लोज मिति तय भएको छ। बोनस तथा सभा प्रयोजनार्थ कम्पनीले बैशाख १६ गतेदेखि बैशाख २८ गतेसम्म बुकक्लोज गर्न लागेको हो। यस अनुसार बैशाख १५ गतेसम्म कायम सेयरधनीले मात्र बोनस सेयर र सभामा भाग लिन पाउने छन्।
कम्पनीको २५औँ बार्षिक साधारण सभा बैशाख २८ गते हुने भएको छ। सभा लैनचोर बैङक्वेट, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ। सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने भएको छ।

प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment