घामले अनुहारको छाला डढेको छ ? घरमै तयार पार्नुहोस् यी ३ फेस प्याक

डिसी नेपाल
८ वैशाख २०७९ १२:२३
60
Shares

काठमाडौं । गर्मीमा हाम्रो अनुहारको छाला ढड्ने गर्दछ । यो समयमा हामीले हाम्रो छालाको विशेष हेरचाहा गर्नु पर्दछ । किनभने, तातो हावा र घामले अनुहारको छालालाई जलाएर निर्जीव बनाउँछ। जसका कारण तपाईको उमेर सानै भएपनि अनुहारको छाला बूढो देखिन थाल्छ । गर्मीको समयमा बजारमा पाइने विभिन्न रासायन युक्त क्रिम, फेस प्याकभन्दा पनि घरेलु फेसप्याक प्रयोग गर्नुपर्छ । जसका कारण छाला पहिलेको भन्दा धेरै जवान देखिन थाल्छ । गर्मीमा कुन फेसप्याक प्रयोग गर्ने र कसरी बनाउने भन्ने बारे जानकारी दिदंछौं ।

गर्मीमा यी ३ घरेलु फेसप्याक लगाउनुहोस्:

दही र तरबूजको फेस प्याक: दही र तरबूजको फेसप्याक बनाउन तरबूजको एक टुक्रा र २ चम्चा दही मिसाएर पेस्ट बनाउनुहोस्। यस पेस्टलाई अनुहार र घाँटीमा राम्रोसँग लगाउनुहोस् र २० मिनेटसम्म सुकाउन दिनुहोस्। त्यसपछि चिसो सफा पानीले अनुहार धुनुहोस्। यो फेस प्याकले छालालाई घामबाट हुने क्षतिबाट जोगाउँनुका साथै चाउरीपन र दागबाट पनि बचाउँछ।

एलोवेरा जेल र लेमन फेस प्याक: एलोभेरा जेल छालालाई मोइस्चराइज र पोषणका लागि धेरै लाभदायक हुन्छ । कागतीले छालालाई टाइट र छालाको रंगलाई चम्किलो बनाउँनका लागि मदत गर्दछ । २ चम्चा एलोभेरा जेल र २ चम्चा कागतीको रस मिसाएर पेस्ट बनाउनुहोस्। यस पेस्टलाई अनुहार र गर्दनमा लगाउनुहोस् र २० मिनेटपछि मनतातो पानीले धुनुहोस्। यो फेस प्याकले अनुहारको तेल हटाउन पनि मद्दत गर्छ। एलोभेरा प्रयोग गर्नु हुँदा एलोभेरालाई काटेर एकछिन चिसो पानीमा ढुवाउनुहोस् । यसो गर्दा छालामा एलर्जी हुनबाट बचाउँछ ।

गुलाब जल र चन्दनको फेस प्याक: गर्मीमा छालालाई चिसो बनाउनु निकै जरुरी हुन्छ । यसका लागि गुलाब जल र चन्दनबाट बनेको घरेलु फेसप्याक प्रयोग गर्न सक्नु हुन्छ । यो फेसप्याक बनाउँन २ चम्चा चन्दन पाउडरमा गुलाब जल मिसाएर पेस्ट बनाउनुहोस्। यो पेस्ट अनुहारमा लगाउनुहोस् र सुकेपछि धुनुहोस्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.