केपी ओलीको टिप्पणी : हाप्सिलो बोकेर हिँडेको छ कांग्रेस

डिसी नेपाल
८ वैशाख २०७९ १४:२७
420
Shares

काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नाममा कांग्रेस खराब प्रवृत्तिका मानिसलाई साथ दिएको टिप्पणी गरेका छन्।

एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको टिप्पणी गरेका हुन्।

‘कांग्रेस प्रतिस्पर्धी हुन्थ्यो,’ ओलीले भने, ‘कांग्रेस अलच्छिनजति बोकेर हिँडेको छ। कोही हाप्सिलोजस्ता छन्। कतै जान लाग्दा अलच्छिन लगाउने गरी हाप्सिलो कराउँछ । हाप्सिलै हाप्सिलो काँधमा बोकेर कांग्रेस हिँडेको छ। योभन्दा अलच्छिन के हुन्छ?’

गठबन्धनसँगै कांग्रेस पनि सकिने ओलीको दाबी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.