काठमाडौंकाे मेयरका लागि सृजना सिंहसहित कांग्रेसबाट ५ जनाको नाम सिफारिस

डिसी नेपाल
८ वैशाख २०७९ १४:४२
300
Shares

काठमाडौं। नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहसहित ५ जनाको नाम सिफारिस गरेको छ। कांग्रेस काठमाडौं महानगर समितिले मेयरको उम्मेदवारको लागि सिंहसहित निलकाजी श्रेष्ठ, हरिप्रभा खड्गी, सुशन वैद्य र प्रगतिमान रञ्जितको नाम सिफारिस गरेको हो।

मेयरका लागि सिफारिस हुनेमा कांग्रेसको महानगर समितिका सभापति एवं २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, वर्तमान उपमेयर हरिप्रभा खड्गी, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन्।

सत्तारुढ पाँचदलीय गठबन्धनले गरेको सहमतिअनुसार काठमाडौंको मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादीको भागमा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.