बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी

डिसी नेपाल
८ वैशाख २०७९ १७:०६
40
Shares

 

काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो ।

आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचन लगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’

३० वैशाखमा हुने स्थानीय तहमा गठबन्धनका नाममा पाँच दलबीच भागबन्डा गरिएपछि पोखरासहितका स्थानीय तहमा कांग्रेस कार्यकर्ताको विरोध भइरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.