सिमेक्सद्वारा फ्लिट अपरेशनको लागि बी.वाई.डी ई–सिक्स गाडीहरु प्रदान

डिसी नेपाल
८ वैशाख २०७९ १९:०३
36
Shares

काठमाडौं। विद्युतीय गाडी बी.वाई.डीले नेपालमा पहिलोपटक ‘सेल्फ ड्राइभ’को अवधारणा ल्याएको छ । बी.वाई.डी गाडीको नेपालको आधिकारिक वितरक सिमेक्स ईन्क प्रा.लीले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राईभ प्रा.लीलाई ५० वटा ई–सिक्स विद्युतीय गाडीहरु बिक्रि गरेको सिमेक्स ईन्क प्रा.ली.का सिईओ शाहिल श्रेष्ठले बताए । सिमेक्सले फ्लिट अपरेशनको लागि दक्षिण एशियामा एकल सबैभन्दा ठूलो मात्रामा विद्युतीय गाडीहरु प्रदान गरेको हो ।

उनले काठमाडौंमा वातावरणमा प्रदुषण बढिरहेको अवस्था उल्लेख गर्दै बी.वाई.डीका विद्युतीय गाडीको प्रयोगले प्रदुषणरहित वातावरण निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे । उनले बजारमा ल्याइएका दुई गाडीमध्ये एक पटक फुल चार्ज गरे एउटाले ५२२ र अर्कोले ४०० किलोमिटर गुड्नसक्ने जानकारी दिए ।

बी.वाई.डीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको उनको दाबी छ । श्रेष्ठले स्पार्क अटो केयर रहेको स्थानमा नै बी.वाई.डीको स्टेट अफ आर्ट सर्भिस एण्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याउने जनाए ।उनले यी गाडीहरुमा बी.वाई.डी आँफैले उत्पादन गर्ने बी.वाई.डी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेको र जसमा रिप्लेसमेन्ट ग्यारेन्टी ८ वर्षको हुने जनाए । उनले भने, ‘त्यसपछि पनि ब्याट्री क्यापेसिटी ६० प्रतिशत रहन्छ ।’

‘गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा ६ देखि सात घण्टा लाग्छ,’–सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले भने । पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बी.वाई.डि का विद्युतीय गाडीहरु प्रिमियम रेञ्जमा ल्याइएको स्पार्क अटो केयरले बताएको छ ।
नेपालमा रहेका अन्य विद्युतीय गाडीको तुलनामा सबै हिसाबमा बी.वाई.डि का गाडी उत्तम रहेको सेल्फ ड्राईभका सिईओ पोखरेलको दाबी छ । ‘क्लियरेन्स र कम्फरटेवलको हिसाबले यी गाडीहरु अझ राम्रा र उत्कृष्ट छन्, अहिले नेपालमा रहेका विद्युतीय गाडीको सेग्मेन्टमा सबैभन्दा राम्रो छ,’ पोखरेलले भने ।

कम्पनीका अनुसार नेपालमा यो नयाँ प्रयोग हो । ‘हाम्रो गाडी तपाईँको आवश्यकता अनुसार रेन्टमा लिन सक्नुहुन्छ’, उनले भने । तत्काल ५० वटा गाडी बजारमा ल्याएको कम्पनीले विस्तारै सेवा बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । कम्पनीले आम जनताको लागि एप्लिकेशन र अनलाईनको माध्यमबाट सम्र्पक गर्न सकिने पनि जनाएको छ । यस्तै, सन् २०२५ सम्म काठमाडौंमा शतप्रतिशत विद्युती गाडीको प्रयोग देख्न सकिने अवस्थामा पुर्याउने पनि कम्पनीले लक्ष्य राखेको छ ।

सेल्फ ड्राईभका सिईओ रोशन पोखरेलले बी.वाई.डीको ई–६ मोडेलको कारले यात्रुहरुको लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘बी.वाई.डीको ई–६ ले सबै मापदण्ड पूरा गर्नेछ, यो छिटो चार्ज हुन्छ । आरामदायी पनि छ ।’

बि.वाई.डी ई–६ सन् २०१६ मा चीनमा सबैभन्दा बढि विक्रि भएको र सन् २०१५ मा हभाना ईन्टरनेश्नल फेयरमा ‘बेष्ट क्वालिटी प्रोडक्ट’ को गोल्डेन मेडल प्राप्त गर्न सफल गाडी हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.