बार्सिलोनाले रियल सोसिडाडलाई हरायो
काठमाडौं। रियल सोसिडाडलाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। बिहीबार राति भ्रमणकारी टोली बार्सिलोनालाई जिताउन निर्णायक गोल पियरेक इम्रीक औबामेयाङकले गरे। उनले खेलको ११औँ मिनेटमा फेरान टोरेसको पास सदूपयोग गरे।
इंग्लिस क्लब आर्सनलबाट बार्सिलोना झरेका औबामेयाङकको ११ खेलमा नौ गोल हो। जितपछि बार्सिलोना ६३ अंकसहित सेभियालाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। रियल सोसिडाड तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानमा रियल मड्रिड रहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment