घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?

डिसी नेपाल
९ वैशाख २०७९ ८:४१
304
Shares

काठमाडौं। शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५४ पैसा र बिक्री दर १२२ रुपैयाँ १४ पैसा कायम गरेको छ। बिहिबार अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ६४ पैसा र बिक्री दर १२२ रुपैयाँ २४ पैसा रहेको थियो।

युरोपियन यूरो एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५८ रुपैयाँ र ९९ बिक्री दर १५९ रुपैयाँ ७७ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ९१ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ४४ पैसा र बिक्री दर ९० रुपैयाँ ८९ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ८८ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८५ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ २८ पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३२ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८३ पैसा र बिक्री दर ९ रुपैयाँ ८८ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.