उपकार लघुवित्तको आइपीओ बाँडफाँट, भाग्यमानी ६ जनाले पाए ११ कित्ता

डिसी नेपाल
९ वैशाख २०७९ ९:२६
412
Shares

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड गरिएको छ । कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले आज आईपीओ गोलाप्राथमार्फत बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आइपिओमा २३ लाख ५१ हजार ४६२ आवेदकबाट कुल २ करोड ६२ लाख ५७ हजार ६५० कित्ता सेयरका लागि लगानीकर्ताले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये २ हजार ४०६ को आवेदन रद्द भएको छ। बाँकी आवेदकमध्ये २२ हजार ११५ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।

लघुवित्तले गत चैत २५ गतेदेखि चैत ३० गतेसम्म कुल २ लाख ३६ हजार २५० कित्ता आईपीओ बिक्री गरेको थियो । जारी गरेको आइपिओमध्ये ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोष र ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २ लाख २१ हजार १५६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

आइपीओको नतिजा हेर्नको लागि  https://iporesult.cdsc.com.np  क्लिक गर्नु पर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.