फुटबल संघ मकवानपुरको अधिवेशन हुँदै

डिसी नेपाल
९ वैशाख २०७९ २२:४३
16
Shares

हेटौंडा । शनिबार मकवानपुर जिल्ला फुटबल संघको अधिवेशन हुँदैछ । अधिवेशनले ४ बर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

फुटबल संघको नेतृत्वका लागि दुईजना आकांक्षी देखिएका छन् । संघका वर्तमान कार्यसमितिका अध्यक्ष टीकाराम लामा र पूर्व उपाध्यक्ष मनिष श्रेष्ठ नेतृत्वका लागि आकांक्षी देखिएका छन् । लामा थप एक कार्यकाल नेतृत्व दोहो¥याउने तयारीमा छन् भने श्रेष्ठले पनि अध्यक्ष भएर काम गर्ने ईच्छा देखाएका छन् ।

साधारणसभामा यसअघि भएको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएका र नविकरण, करचुक्ता लगायतको कागजात भएका २८ क्लवले सहभागिता जनाउने बताइएको छ । यसअघि फुटबल संघको जिल्ला अधिवेशन बैशाख ३ गतेलाई तोकिएको थियो । कोरोनाको कारण पछिल्लो दुई बर्ष यता जिल्ला लिग फुटबल प्रतियोगिता समेत आयोजना हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *