एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

डिसी नेपाल
११ वैशाख २०७९ ६:०९
44
Shares

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बलको एपिएफ महिला फुटबल क्लबको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार राति धनगढीमा सम्पन्न फाइनलमा अर्को विभागीय टोली एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो। पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेट पछि थपिएको पाँच मिनेट अन्तिम समयमा निर्मलाले सिक्स यार्ड बक्सबाट सहज गोल गरेकी थिइन्।

उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

वैशाख १० गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित कुल आठ टोलीको सहभागिता थियो । राष्ट्रिय महिला लिगको पहिलो चरणपछी धनगढीमा महिला गोल्डकप आयोजना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *