यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ।
युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ८८ पैसा र बिक्री दर १३२ रुपैयाँ ५३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५७ रुपैयाँ र ०६ बिक्री दर १५७ रुपैयाँ ८३ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ ४१ रहेको राष्ट्र बैंकले जनाएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ११ पैसा र बिक्री दर ८९ रुपैयाँ ५५ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७४ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५० पैसा र बिक्री दर ९ रुपैयाँ ५५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७९ पैसा र बिक्री दर १८ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४८ पैसा र बिक्री दर ३३ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८२ पैसा र बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ।







डिसी नेपाल








Facebook Comment