आईपीएलः लखनउ र मुम्बईबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी -२० क्रिकेटमा आज आइतबार हुने खेलमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ।मुम्बईमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे सुरु हुनेछ । आईपीएलमा आज एक खेल मात्र हुनेछ।
लखनउ आज पाँचौ जितको खोजीमा रहेको छ ।लखनउले यसअघि खेलेको ७ खेलमा ४ मा जित निकाल्दै ८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।मुम्बई भने आज पहिलो जित निकाल्न चाहन्छ ।
मुम्बई भने यसअघि खेलेको ७ खेलमा सबैमा पराजित हुँदै खराब लयमा देखिएको छ। मुम्बई ७ खेलमा अंक विहीन भएपछि अंक तालिकाको पुछारमा रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment