शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता संस्थापक सेयर लिलामी गर्दै
काठमाडौँ। शिखर इन्स्योरेन्सको ७७ हजार ७२०.८८ कित्ता संस्थापक सेयर बैशाख १९ गतेदेखि लिलामी गर्ने भएको छ। लगानीकर्ताले न्यूनतम १०० रूपैयाँलाई आधार मानेर सोभन्दा बढी भाउमा बोलकबोल माध्यमबाट आवेदन दिन सक्नेछन् । सेयर खरिद आवेदनका लागि अन्तिम म्याद वैशाख २६ गतेसम्म तोकिएको छ ।
यसअघि कम्पनीले गत चैत १ गतेदेखि चैत २१ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकताअनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment