दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

डिसी नेपाल
११ वैशाख २०७९ १४:०४
112
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनी सेयरमा सकारात्मक सर्किट लागेको छ। आइतबारको कारोबारमा घलेम्दी हाइड्रोपावर र जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेर सर्किट लागेको हो।

घलेम्दी हाइड्रोपावरको सेयर भाउ २२ रुपैयाँ ३० पैसाले बढेर २ सय ४५ रुपैयाँ ३० पैसा पुगेको छ। भने, जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ ७० रुपैयाँ ९० पैसाले बढेर ७ सय ८० रुपैयाँ ६० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.