सेयर बजारमा हरियाली, ९५.४६ अंकले बढ्यो सेयर बजार
काठमाडौं । साताको कारोबार पहिलो दिन सेयर बजार हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ९५.४६ अङ्कले बढेर २ हजार ४२०.९१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३८ कम्पनीको ६६ लाख ३९ हजार ५०४ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ५३ करोड १२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा सानिमा बैंकको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ सय ८५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : शिभम् सिमेन्ट र अरुण भ्याली हाइड्रोपावरको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसूचक बढेका छन्। आज नेप्सेमानेसनल हाइड्रोपावर र बेस्ट फाइनान्सका लगानीकर्ताले अधिक कमाएका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंक ऋणपत्र र नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment