सेयर बजार बढेसंगै यी कम्पनीका लगानीकर्ताले कमाए अत्याधिक मुनाफा

डिसी नेपाल
११ वैशाख २०७९ १५:४२
100
Shares

काठमाडौं । साताको कारोबार पहिलो दिन सेयर बजार बढेसँगै हरियाली छाएको छ। आइतबार नेप्से परिसूचक ९५.४६ अङ्कले बढेर २ हजार ४२०.९१ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३८ कम्पनीको कारोबारमा ४ कम्पनीबाहेक सबै कम्पनीको सेयर भाउ बढेको छ। त्यसमध्ये नेसनल हाइड्रोपावर कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मन्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो, युनिभर्सल पावर र हिमाल दोलखा हाइड्रोपावरको सेयर भाउ १० प्रतिशतले वृद्धि भएको छ।

यस्तैगरी, जल्पा सामुदायिक लघुवित्तको सेयर भाउ ९.९९ प्रतिशत र ग्रीन भेन्चरको सेयर भाउ ९.९८ प्रतिशतले  बढेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.