हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१२ वैशाख २०७९ ८:५७
208
Shares

काठमाडौं।नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ०८ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ।

युरोपियन यूरो एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा र बिक्री दर १३२ रुपैयाँ ५३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५६ रुपैयाँ र ७४ बिक्री दर १५७ रुपैयाँ ५१ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर १२८ रुपैयाँ १५ रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ३७ पैसा र बिक्री दर ८८ रुपैयाँ८१ पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ५० पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ४९ पैसा र बिक्री दर ९ रुपैयाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७८ पैसा र बिक्री दर १८ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३३ पैसा र बिक्री दर ३३ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८१ पैसा र बिक्री दर ९ रुपैयाँ ८६ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.