विश्वको शीर्ष ५ धनीमा गौतम अडानीको प्रवेश, वारेन बफेटलाई पछि पारे
एजेन्सी। अदानी समूहका प्रमुख गौतम अडानी विश्वका धनी व्यक्तिको सूचीमा पाँचौं स्थानमा पुगेका छन् । उनले वारेन बफेटलाई पछि पार्दै यो स्थान हासिल गरेका हुन्।
अडानी (गौतम अडानी नेट वर्थ) को कुल नेट वर्थ १२३.१ अर्ब डलर अनुमान गरिएको छ। फोर्ब्सका अनुसार अडानी पाँचौं स्थानमा छन् भने र्कशायर ह्याथवेका वारेन बफेट छैटौं स्थानमा झरेका छन्। अहिले र्कशायर ह्याथवेका बफेटको सम्पति १२१.७ अर्ब डलर अनुमानित नेटवर्थ रहेको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी फोर्ब्सको विश्वका धनी व्यक्तिको सूचीमा आठौं स्थानमा छन् । अम्बानीको कुल नेट वर्थ १०३.७० अर्ब डलर अनुमान गरिएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment