३४.९५ अङ्कले घट्यो नेप्से परिसूचक
काठमाडौं । साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजार घटेको छ। सोमबार नेप्से परिसूचक ३४.९५ अङ्कले घटेर २ हजार ३८६.०१ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३९ कम्पनीको ५० लाख ४७ हजार ७६९ कित्ता शेयर खरिद बिक्री हुँदा २ अर्ब ४ करोड २२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ। यस कम्पनीको २२ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य १ सय ८५ रुपैयाँ कायम भएको छ। त्यसपछि क्रमश : शिभम् सिमेन्ट र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसुचक बाहेक सबै राताम्मे भएको छ। आज नेप्सेमा जल्पा सामुदायिक लघुवित्त र सिद्धार्थ इक्युती फण्डका लगानीकर्ताले अधिक कमाएका छन् भने सेन्ट्रल फाइनान्स र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले अधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment