५ हजार २२१ पदका लागि १ लाख २३ हजार ४ सय जना प्रतिस्पर्धामा

डिसी नेपाल
१३ वैशाख २०७९ ६:५८
36
Shares

काठमाडौं। स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा साढे एक लाख उम्मेदवारले मनाेनयन दर्ता गराएका छन्। निर्वाचन आयाेगले साेमबार राति सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार आइतबार र साेमबार गरी १ लाख २३ हजार ४ सय जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारकाे संख्या बढ्ने आँकलन गरिएकाे छ। याे राजनीतिक दल र स्वतन्त्र उम्मेदवारकाे संख्या हाे।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ। २०७४ काे स्थानीय तहकाे चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयाेगले भनेकाे छ। र १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.